image
image

मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १२ लाख आवेदकको हात खाली

काठमाडौँ, १९, फागुन । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि जारी गरेको २२ लाख ६४ हजार ६५५ कित्ता प्राथमिक सेयर शुक्रबार बाँडफाँड भएको हो । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल आवेदक मध्ये २ लाख २६ हजार २६५ जनाले जनही १०÷१० कित्ता सेयर हात पारेका छन् भने १२ लाख ११ लाख ९८ हजार ८६ जनाको हात खाली हुन पुगेको छ । 

कम्पनीको आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको सनराइज क्यापिटलले जनाएको छ ।

आवेदकहरु मध्ये ५ जनाले भने ११-११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।