image
image

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २१, फागुन । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५००रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ लाख २ हजार ८००रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।