image
image

झन्डै ३१ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौँ, २१, फागुन । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३० दशमलव ७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।