image
image

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २३, फागुन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।

महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।