image
image

साढे १२ प्रतिशत ब्याज दिएर ऋण उठाउँदै सरकार

काठमाडौँ, २३, फागुन । सरकारले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ मार्फत ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । त्यसको ब्याजदर भने १२.५० प्रतिशत रहेको छ । यो ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।

यो बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली र गैर आवासीय नेपालीले आवेदन दिन सक्नेछन् । बचतपत्रमा ६÷६ महिनामा ब्याज भुक्तानी गर्ने छ । बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष माग जाने गरी आह्वान गरिएको छ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन सकिने छ । यो चैत ३ गतेसम्म बिक्री खुला हुनेछ । यसको निष्कासन १० गते हुनेछ भने साँवा भुक्तानी २०८४ चैत १० गते हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका लागि १५ वटा वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी तथा त्यसका एजेन्टमा आवेदन बुझाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।