image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४, फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।


आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ । आज युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९ पैसा कायम गरिएको छ । मंगलबार भने युरोको खरिदमूल्य १३९ रुपैयाँ ८ पैसा  र बिक्रीमूल्य १३९ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८३ पैसाले यसको मूल्य घटेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८पैसामा कारोबार भएको थियो । 


क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ। मंगलबार भने क्यानेडियन डलरको खरिदमूल्य ९६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ५८ थियाे ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।

उता,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २४ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तोकिएको छ।

आज बहराइन दिनार भने एकको खरिददर ३४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३८ पैसामा किनबेच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।