image
image

सात महिनामा डेढ करोडको ट्वाइलेट पेपर आयात

काठमाडौँ, २४, फागुन । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालमा १ करोड ५३ लाख ९४ हजार रुपैयाँको ट्वाइलेट पेपर आयत भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा उक्त मूल्य बराबरको ट्वाइलेट पेपर भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ५९ हजार किलोग्राम ट्वाइलेट पेपर भित्रिएको छ । आयातकर्ताले ट्वाइलेट पेपर आयातबापत ५६ लाख ६० हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपालमा विश्वका ६ वटा देशबाट ट्वाइलेट पेपर आउने गरेको छ । भारत, चीन, मलेसिया, इण्डोनेसिया, इजरायल र कोरियाबाट ट्वाइलेट पेपर भित्रिएको तथ्यांक भन्सार विभागसँग छ ।

७ महिनाको अवधिमा इण्डोनेसियाबाट सबैभन्दा धेरै ४३ लाख रुपैयाँको ट्वाइलेट पेपर भित्रिएको छ । यस्तै, मलेसियाबाट ४० लाख रुपैयाँको, चीनबाट ३६ लाख र भारतबाट ३१ लाख रुपैयाँको ट्वाइलेट पेपर भित्रिएको विभागले जनाएको छ । यसैगरी, कोरियाबाट ९२ हजार रुपैयाँको भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।