image
image

दुई दिनमा १५ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ, २५, फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।