image
image

नेप्सेमा भारी वृद्धि, पुग्यो २ हजारको विन्दुमा

काठमाडौँ, २५, फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो । 

२.५६ प्रतिशतले नेप्से बढ्दै गर्दा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.५० प्रतिशतले वृद्धि हुँदै ३७९.५० अंकमा उक्लिएको छ भने १३ वटै उपसूचक धनात्मक भएका छन् । 

हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.४६ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२६ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक ३.२२ प्रतिशतले बढेका छन् । 

बैंकिङ समूहको उपसूचक १.८२ प्रतिशतले बढेको यस दिन विकास बैंक २.९७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.१७ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.९९ प्रतिशतले, म्युचुअल फन्ड प्रो १.५३ प्रतिशतले, म्युचुअल फन्ड २.३१ प्रतिशतले, निर्जीबन बीमा समूह २.९० प्रतिशतले, ट्रेडिङ समूह २.०७ प्रतिशतले र अन्य समूहको उपसूचक २.२१ प्रतिशतले बढेका छन् । 

आज शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताले ५.८१ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।