image
image

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न,

काठमाडौँ, २६, फागुन । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

 कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ फागुन २५ गते बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता शेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९,५४१ जना मध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँड भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।