image
image

वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, २६, फागुन । नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४ ‘क’’ फागुन १४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। वार्षिक १२.५० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले चैत्र ३ सम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने असार ८ गते तोकिएको छ। बैंकले घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ। सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन्।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ। बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ। साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।