image
image

वैदेशिक रोजगारी बन्यो सर्वसाधारणलाई ठग्ने नयाँ माध्यम

काठमाडौँ, २६, फागुन । नक्कली म्यानपावर एजेन्सी खोलेर ठगीधन्दा चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै नक्कली म्यानपावर खोलेर ठगीमा संलग्नलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

मकवानपुर घर भई काठमाडौं १४ स्थित गाईबाच्छाटोलमा बस्दै आएका आदेश तामाङ्ग मीनभवनमा पक्राउ परेका हुन् । उनले केएचएम रिक्रयुमेण्ट ग्रुपको नाममा वैदेशिक रोजगारीमा मलेसियाको प्रतिष्ठित मेडिकल कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेका हुन् । 

आकर्षक तलबको प्रलोभन देखाउँदै उनले एक सयभन्दा बढीलाई ठगेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले कीर्तिपुरस्थित उनको कम्पनीमा समेत छापा मारेको छ । खानतलासीको क्रममा कम्पनीको एक थान छाप, दुई थान कम्प्युटर सिपियुसहित विभिन्न कागजात बरामद गरिएको छ । 

उनलाई ठगीसम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।