image
image

एकै दिन १७ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, २८, फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।