image
image

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, १५ लाखको हात खाली

काठमाडौँ, २८, फागुन ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज आइतार साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो ।

उक्त अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसअनुसार करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।