image
image

साताको पहिलो दिन २९ अंकले घट्यो नेप्से

काठमाडौँ, २८, फागुन । सेयर बजारमा साताको पहिलो कारोबार दिन नै खराब सुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.६९ अंकले घट्दै १९ सय ७४ अंकमा झरेको हो ।

यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७३.८५ अंकमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार २ अंकको विन्दुमा पुगेको थियो । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । झण्डै २९ अंकले घटेको बजारमा आज १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ बराबरको ४७ लाख कित्ता सेयर किनबेच भएको छ । 

यस दिन शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने गुडवील फाइनान्स लिमिटेड डिभेन्चरका लगानीकर्ताहरुले ६.५५ प्रतिशतले गुमाउन पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।