image
image

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ, २८, फागुन । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता २९ अर्ब ६४ रुपैयाँ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो ।

आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।

माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १६ अर्ब २९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।