image
image

हरियो तरकारी र फलफूलको मुल्य आज कति ?

काठमाडौँ, २९, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।