image
image

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य

काठमाडौँ, २९, फागुन । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि आएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो सामेबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।