राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल जारी गर्ने
काठमाडौँ, २९, फागुन । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागि टे«जरी बिल जारी गरेको हो ।
जसमा २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । यो चैत २८ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो २०८० जेठ ३० गते परिपक्व हुनेछ ।
यस्तै ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने छ । यो २०८० फागुन २९ गते परिपक्व हुनेछ । यसको बोलकबोल आज ३ बजे हुनेछ ।









