image
image

वैदेशिक रोजगारीमा गएका नेपालीले ७ महिनामा पठाए झण्डै ७ खर्ब

काठमाडौँ, २९, फागुन । नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ। 

वैदेशिक रोजगारीमा गएका नेपालीले चालू आर्थिक वर्षको ७ महिनामा करिब ६ खर्ब ९० अर्ब रुपैयाँ स्वदेश पठाएका हुन्। 

गत आर्थिक वर्षको सोही अवधिभन्दा  २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अमेरिकी डलरमा हेर्ने हो भने  विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ। 

चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।