image
image

सात महिनामा पुँजीगत खर्च ६६ अर्ब

काठमाडौँ, २९, फागुन । आर्थिक वर्ष २०७९र८० को सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड भएको छ ।


नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ५ खर्ब ३१ अर्ब ५० करोड,  ६६ अर्ब ३० करोड र ६९ अर्ब ८६ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन ९प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत० ५ खर्ब १४ अर्ब ६९ करोड भएको छ । समीक्षा अवधिमा यसअन्तर्गत कर राजस्व तर्फ ४ खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड परिचालन भएको छ ।

नेपाल सरकारको नगद मौज्दात

२०७९ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा २०४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २३२ अर्ब ५३ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।