image
image

सेयर बजार राताम्मे, १ अर्ब १६ करोडको कारोबार

काठमाडौँ, २९, फागुन । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २४.६८ अंकले घटेर परिसूचक १९५१.२१ बिन्दुमा ओर्लिएको छ ।

२५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २०.३६, विकास बैंक ३७.२२, वित्त कम्पनी १३.८९, होटल २५.१०, जलविद्युत १६.३५, जीवन बीमा १६५.०१, उत्पादन तथा प्रशोधन ४४.१२, माइक्रोफाइनान्स ६०.८४, निर्जीबन बीमा ८२.७४, अन्य १३.७४ र ट्रेडिङ समूहको उपसूचक ३०.६१ अंकले घटेको छ ।

बजार राताम्मे भएपनि शुभम पावर कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा पुगेको छ । कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर्स, स्वेत गंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै खप्तड लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त बित्तीय संस्था, हिमालयन बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, वन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।