image
image

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

 काठमाडौँ, २९, फागुन । चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।  जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ । यद्यपि, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७.४ प्रतिशतले र भ्रमण व्यय ५६.६ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो वर्ष यस्तो आय÷व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । 

एब्रोडका नाममा पौने ४४ अर्ब बाहिरियो 

केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा यसवर्ष शिक्षातर्फको खर्च ९३.५४ प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।