image
image

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

काठमाडौँ, ५, चैत्त । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।

माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ 

कुन मुलुकमा कति विदेशिए ?

तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् ।

कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

बढी कुन जिल्लाका विदेशिए ?

फागुन महिनामा धनुषाबाट ३ हजार १२९, झापाबाट २ हजार ७३५, मोरङबाट २ हजार ३९६, सिराहाबाट २ हजार ३४५, महोत्तरीबाट २ हजार ३०५, रुपन्देहीबाट १ हजार ८१६ र सर्लाहीबाट १ हजार ७२५ जना विदेशिएका छन् ।

विदेशीनेमध्ये अधिकांश दक्षमात्र, साढे १३ हजार अदक्ष

नेपालबाट विदेशिने युवामध्ये फागुनमा अधिकांश युवा दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ थिए ।

अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् । दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।