image
image

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाडौँ, ६, चैत्त । वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले आउँदो बुधबार श्रमिकहरुको सूचीकरण शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री प्रचण्डद्वारा काठमाण्डौको राष्ट्रिय सभागृहमा सूचीकरण कार्यक्रमको उद्घाटन गरिने कोषले जनाएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने जनाएको छ ।

‘विदेशमा गएर काम गर्ने नेपाली श्रमिकलाई पनि यस योजनामा समावेश गर्नुपर्छ भनेर हामी पहिलेदेखि नै लागिरहेका थियौँ, बुधाबारदेखि औपचारिक रुपमा प्रक्रिया सुरु हुन्छ’, कोषका प्रवक्ता बिबेक पन्थीले भन्नुभयो, ‘अहिले सूचीकरण गर्ने कामको शुभारम्भ हुने हो, सूचीकृत भएपछि उहाँहरु बल्ल सामाजिक सुरक्षा योजनामा जानुहुन्छ ।’ 

प्रवक्ता पन्थीका अनुसार यो योजनाको सुविधाको लागि पछिल्लो एक वर्षमा ९ महिना वैदेशिक रोजगारीमा रहेको हुनुपर्छ । यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि यो अनिवार्य गरिएको छ । 

‘नयाँ जानेहरुले श्रम स्वीकृति लिने बेला नै बिमा गरे जसरी नै यस योजनामा समावेश हुन्छन् भने विदेशमै भएकाहरुले पुनः श्रम स्वीकृति लिनेबेला अनिवार्य जोडिनुपर्छ’, उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।