image
image

अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्नू : विभाग

काठमाडौँ, ६, चैत्त । वैदेशिक रोजगारीमा जान अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्न तालिम प्रदायक संस्थालाई वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । 

अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी डिलिट भयो भन्ने गरेकाले त्यस्तो कार्य नगर्न विभागले सूचीत गरेको छ । 

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ बमोजिम तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राख्नुपर्छ । तालिम अवधि समाप्त भएपछि संयोजकबाट प्रमाणित गराइ अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने व्यवस्था छ । यस्तै तालिम प्रदायक संस्था विभागको वैदेशिक राजगारी सम्बन्धी सूचना व्यवस्थापन प्रणालीसँग आवद्ध भएको हुनुपर्छ । 

तर तालिम प्रदायक संस्थाले विद्युतीय हाजिरीको दैनिक अभिलेख, विद्युतीय हाजिरी प्रणालीबाट दैनिक रुपमा डिलिट गर्ने गरेको पाइएको विभागले जनाएको छ । कम्तीमा तीस दिनसम्म हाजिरीको ब्याकअप सुरक्षित राख्न विभागले आग्रह गरेको छ । विद्युतीय हाजिरीको ब्याकअप सुरक्षित नराखेमा कानुनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।