image
image

वर्ल्डलिंकले ल्यायो १ अर्ब ९८ करोड विदेशी लगानी

काठमाडौँ, ७, चैत्त । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले १ अर्ब ९८ करोड विदेशी लगानी ल्याएको छ ।

दोस्रो चरणमा सो लगानी ल्याएको कम्पनीले बताएको छ । पहिलो चरणमा २ अर्ब विदेशी लगानी ल्याएको थियो । भने, हालसम्म वर्ल्डलिंकले ३ अर्ब ३३ करोड विदेशी लगानी ल्याएको हो ।

कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा ईम्प्याक्ट फण्ड २ बाट ९० करोड गरी कुल १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याएको हो ।

सन् २०१९ को अक्टोबरमा कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ३५ करोड विदेशी लगानी ल्याएको थियो । यस सँगै कम्पनीले ल्याएको विदेशी लगानीको आकार ३ अर्ब ३३ करोड पुगेको छ ।

नयाँ विदेशी लगानीबाट इन्टरनेटको सेवा विस्तार र नयाँ १ हजार रोजगारी थपिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।