image
image

बुढीगण्डकीको १ अर्ब ४० करोड बजेट काटेर नारायणी नदी र मरिन डाइभर्सनमा हालियो

काठमाडौँ, ७, चैत्त । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याइएको रकम नारायणी नदी व्यवस्थापन र सुनकोशी मरिन डाइभर्सनका लागि रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयले बुढीगण्डकीको ४० करोड रुपैयाँ नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माण गर्न रकमान्तर गरेको जनाएको छ ।

बुढीगण्डकीकै १ अर्ब बजेट सुनकोशी मरिन डाइभर्सनको सिन्धुली सुरुङ निर्माणको लागि दिएको छ । यो सँगै बुढी गण्डकीको १ अर्ब ४० करोड रुपैयाँ बजेट कटौती भएको छ ।

यस्तै उत्तरदक्षिण राजमार्गको १० करोड रुपैयाँ बजेट पनि कटौती गर्दै मदन भण्डारी राजमार्गलाई रकमान्तर गरेको छ । यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रम अन्र्तगतको १५ करोड रुपैयाँ कटौती गर्दै सुर्य विनायक धुलिखेल र कोटेश्वर बानेश्वर र त्रिपुरेश्वर सडकको लागि रकमान्तर भएको छ ।

फागुन मसान्तसम्म अर्थमन्त्रालयले १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर गरेको अर्थमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।