image
image

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गर्दै

काठमाडौँ, ८, चैत्त । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड गरिने  भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ  नक्सालस्थित कार्यालय सानिमा मिडिल तमोरको आईपीओ आज (बुधबार) बाँडफाँड गर्न लगेको हो । आईपीओ बाँडफाँड कार्यक्रम चैत ८ गते बिहान १० बजे देखि  राखिएको छ। 

यो कम्पनीले गत फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १४ लाख १५ हजार ९६२ आवेदकबाट कुल १ करोड ६२ लाख ८१ हजार ६९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.८३ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसअनुसार भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाउनेछन्।

यस हिसाबले यो आईपीओमा करिब १० आवेदकको हात खाली हुने भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।