image
image

नेप्सेमा १५.७६ अंकको गिरावट

काठमाडौँ, ८, चैत्त । मंगलबार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधबार १५.७६ अंकले गिरावट आएको छ।

पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ। उक्त उदारचढावका बीच बुधबार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन,जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से घटे पनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यता बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ। बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।