image
image

सगरमाथा जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ, ८, चैत्त । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । आजदेखि बिक्री खुलाइएको आईपीओमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयमा मागअनुसारको आवेदन नपरेमा चैत २२ गतेसम्मको समय थपिनेछ । सर्वसाधारणले कम्पनीको आयोजनामा न्यूनतम कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ९.६ मेगावाट क्षमताको सुपरमाई जलविद्युत ए आयोजना निर्माण गरिरहेको छ । र, आयोजनाले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न छुट्याएको थियो । यसअनुसार १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतका दरले ४३ लाख ६८ हजार रुपैयाँ कित्ता बिक्रीको योजना बनेको थियो । यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशतका दरले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, सामूहिक लगानी कोषलाई २ लाख १८ हजार ४०० कित्ता र कर्मचारीका लागि १ लाख ३१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।