image
image

प्रिमियर वायर कम्पनीले ९ महिनामा गर्‍यो पौने ३ अर्बको व्यापार

काठमाडौँ, ९, चैत्त । प्रमियर वायर प्रालिले ९ महिनामा पौने ३ अर्बको व्यापार गरेको छ ।

सन् २००० देखि वायर र केबल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ७९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३ करोड ४० लाख रुपैयाँ र सन् २०१ मा ३ अर्ब ३९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

शारदा परिवारद्वारा सञ्चालित कम्पनीले जीआई तार, ग्याबियन बक्स, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टिलका तार, कप्पर तार, कन्डक्टर र केबल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ को ९ महिनामा व्यापार गरेकोमा सबैभन्दा बढी वायर (तार)बाट भएको छ । व्यापार गरेकोमध्ये ६४ प्रतिशत हिस्सा तारले मात्रै आगटेको छ । त्यसपछि केबल र कन्डक्टरको हिस्सा ३१ प्रतिशत रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ६ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले विभिन्न प्रकारका तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ ।

त्यसैगरी, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । जमसा कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ३३ लाख रुपैयाँ अर्थात् एबीबी र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७० करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।