image
image

करिब २२ लाख नेपाली विदेशमा

काठमाडौँ, १०, चैत्त ।  करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएको छ। 

आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको हो। यो संख्या अघिल्लो राष्ट्रि जनगणना २०६८ को तुलनामा २ लाख ६९ हजार ९८ ले बढी हो। 

 जनगणना २०६८ का अनुसार १९ लाख २१ हजार ४९४ जना नेपाली विदेशमा बसोबास गरेको पाइएको थियो।

जनगणना २०७८ अनुसार हाल विदेशमा बसोबास गर्ने नेपालीमा १७ लाख ९९ हजार ६७५ जना पुरुष छन्। जुन विदेशमा बस्ने कुल संख्याको ८२.२ प्रतिशत हो। 

त्यस्तै ३ लाख ९० हजार ९१७ अर्थात १७.८ प्रतिशत महिला विदेशमा बसोबास गरिरहेको प्रतिवेदनमा देखिएइएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।