image
image

मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दै

काठमाडौँ, १२, चैत । मकर जितुमाया सुरी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। हाइड्रोपावरले यहि चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ। 

सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।