image
image

सामाजिक सुरक्षा कोषबाट ४ हजार २२९ जनाले लिए करिब १ अर्ब कर्जा

काठमाडौँ, १२, चैत । योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका ४ हजार २२९ जनाले कोषबाट कर्जा लिएका छन् । कोषमा आबद्ध भई मासिक योगदान गर्दै आएको ४ हजार २२९ जना योगदानकर्ताले करिब १ अर्ब कर्जा लिएका हुन् ।

कोषका प्रवक्ता रोहित रेग्मीले कोषको कार्यविधिअनुसार विशेष सापटी कर्जा, घर कर्जा र शैक्षिक कर्जा गरी ८३ करोड २९ हजार कर्जा योगदानकर्ताले लिएका छन् ।

कोषको विभिन्न कर्जामध्ये सबैभन्दा बढी विशेष सापटी कर्जा प्रवाह भएको छ । विशेष सापटीमार्फत् ४ हजार २२२ जनाले ८१ करोड ९९ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको । त्यसैगरी, ६ जनाले १ करोड २५ लाख रुपैयाँ र १ जना योगदानकर्ताले शैक्षिक कर्जावापत ५ लाख ६४ हजार कर्जा लिएका छन् ।

हालसम्ममा कोषमा योगदानकर्ताको संख्या ४ लाख बढी पुगेको । जसमा करिब १८ हजार रोजगारदाता छन् । हालसम्मका कोषमा ३० अर्ब बढी रकम जम्मा भइसकेको छ । त्यस्तै, कोषबाट ६८ हजार ८७६ जनाले करिब ४ अर्बको हाराहारीमा विभिन्न योजनामार्फत् करिब ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।