image
image

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ, १४, चैत्त ।नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । 

सूचना अनुसार कूल रकम मध्ये क वर्गको वाणिज्य बैङ्कहरूमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ख वर्गको विकास बैङ्कहरूमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने बैंकले जनाएको छ । 

तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने सर्त लागू हुने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।