image
image

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा

काठमाडौँ, १४, चैत्त । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि टेलिमेडिसिन सेवा दिन लागिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। 
१५ चैत गते बुधबार बिहान १० बजेदेखि सेवा सुरुवात हुनेछ। सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोवाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन्। 
कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन्। विशेषतः आइतबार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ। सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ। यो सेवा पूर्णतः निशुल्क रहने बोर्डले जनाएको छ।

आवश्यकता बमोजिम स्वास्थ्य सेवा लिन अनुरोध गर्दै सेवा प्रवाहमा साझेदारी गर्ने वीर अस्पतालको समग्र टिमलाई बोर्डले धन्यवाद दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।