image
image

नेपाल–अङ्ग्रेजयुद्धको झल्को दिने युद्ध संग्राहलय बन्दै 

काठमाडौँ। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी युद्ध सङ्ग्रहालयको निर्माण शुरु गरिएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अङ्ग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध सङ्ग्रहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । 

राष्ट्रिय स्वाभिमान, पहिचान र शानका रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा समेत लिइँदै आएको छ । सो अन्तर्गतको एउटा महत्वपूर्ण कामका रुपमा सङ्ग्रहालयलाई लिइएको उनले बताए । प्राचीन शहरले जन्माएका सबै उपशहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने जनाउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानब कोरिडोर र छिमेकिका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

उपमहानगरपालिकाले बनाएको एकीकृत शहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गत उक्त सङ्ग्रहालय छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना तय गरिएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत शहरी विकासको गुरुयोजना बनाइएको छ । वडा नं १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगरको करीब तीन कट्ठा जग्गामा उक्त सङ्ग्रहालय बन्नेछ । सङ्ग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाका परिकारसमेत पाइने गरी क्याफे रहने छ ।

यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको सोभिनियर शप रहने छ । करिब रु छ करोड ८२ लाख ५० हजार २५६ बराबरको लागतमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।