image
image

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घट्यो

काठमाडौँ, १५, चैत्त । चैत महिना लागेयता बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत लागेयता बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै घटेको हो। 

चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो अवधिमा ३ अर्ब रुपैयाँले निक्षेप घटेको छ। 

वाणिज्य बैंकहरुमा यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा चैत १२ गतेसम्म घटेर ४७ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ। 

बैंक तथा वित्तीय संस्था कर्जा लगानी पनि यो अवधिमा ३ अर्ब रुपैयाँले घटेको छ। चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा चैत १२ गतेसम्म घटेर ४२ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ। 

बैंकहरु औसत भने चैत १२ गतेसम्म ८५.६३ प्रतिशत रहेको छ। गत फागुन ३० गतेसम्म औसत सीडी रेसियो ८५.६० प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ७.०३ प्रतिशत रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।