image
image

मोदी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, १६, चैत्त । मोदी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

 कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत चैत ९ गतेसम्म आईपीओ बिक्री गरिएको थियो। स्थानीयले भने आज चैत १६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।  

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ। जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा–३, मोदी गापा–५, मोदी नपा–२, मोदी गापा–६ र कुश्मा नपा–८ का बासिन्दाहरुका लागि निष्कासन गरिएको छ। 

त्यस्तै सर्वसाधारणलाई छुट्याइएको १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। 

आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। 

स्थानीयले पर्वतको कुस्मास्थित सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकबाट खरिद आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।