image
image

सनसाइन फुडले माया ब्रान्डको तेल उत्पादन सुरु गर्यो, साढे १ अर्ब बढी ऋण लिँदै

काठमाडौँ, १६, चैत्त । सनसाइन फूड प्रालिले विभिन्न प्रकारका खाने तेलको उत्पादन सुरु गरेको छ । कम्पनीले भटमास, सन्फ्लावर र पाम तेल प्रशोधन गरी व्यापार सुरु गरेको हो ।

कम्पनीले सन् २०२३ को फेब्रुअरीदेखि आंशिक रुपमा तेलको प्रशोधन गर्न सुरु गरेको थियो । मार्चबाट भने पूर्णक्षमतामा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । सन् २०२० मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बजारमा बिक्री गर्ने उल्लेख गरेको छ ।

कम्पनीले कच्चा तेल विभिन्न एशियन तथा तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गर्ने भएको छ । रुपन्देहीमा स्थापना भएको कम्पनीमा ५५ प्रतिशत हिस्सा मोहन बानियाँको, १६ प्रतिशत शुभम् बानियाको १६ प्रतिशत र अनमोल बानियाको १४ प्रतिशत रहेको छ ।

कम्पनीले पूर्णसञ्चालनमा ल्याउनका लागि १ अर्ब ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार दीर्घकालीन कर्जाका लागि २१ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४३ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दैनिक एक सय टन पाम तेल र भटमासको तेल, ५० टन सन्फ्लावर तेल र २५ टन तोरीको तेल प्रशोधन गर्ने गरी उद्योग स्थापना गरेको जनाएको छ ।

नेपालमा तेल उत्पादनका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ उत्पादन हुँदैन । त्यसैले, व्यवसायीहरुले अर्जेन्टिना, युक्रेन, रसिया र ब्राजिलबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।