image
image

राजस्व लक्ष्यभन्दा कम

काठमाडौँ, १७, चैत्त । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रु चार अर्ब ३५ करोड नौ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रु ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रु ५८ करोड  ५९ लाख २१ हजार, घरवहाल करवापत रु एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रु चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रु ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रु ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रु चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ । बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।