image
image

राइस कुकर आयातमा २७ करोड २४ लाख बाहिरियो

काठमाडौँ, १९, चैत्त । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा राइस कुकर आयातमा २७ करोड २४ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्ममा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो । यस अवधिमा २ लाख १७ हजार १८२ वटा राइस कुकर भित्रिएको छ भने ६ करोड ६३ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । तथ्यांकअनुसार विश्वका १५ वटा मुलुकबाट नेपालमा राइस कुकर भित्रिँदै आइरहेको छ ।

जसमध्ये चीनबाट सबैभन्दा धेरै २५ करोड ६६२ लाख रुपैयाँको राइस कुकर भित्रिएको छ । यसपछि, भारतबाट ८८ लाख ७३ हजार रुपैयाँको राइस कुकर भित्रिएको छ । यस्तै, थाइल्याण्डबाट २३ लाख ५४ हजार रुपैयाँको राइस कुकर भित्रिएको तथ्यांक छ । यसबाहेक बहराइन, ब्रुनाई, इटाली, जापान, कोरिया, कुवेत, ओमान, मलेसिया, साउदी अरेबिया, सिंगापुर र अमेरिका लगायतका देशबाट राइस कुकर आयात हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।