image
image

कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय

काठमाडौँ, २०, चैत्त । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीकाअनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठनले उत्पादन कटौती गर्ने निर्णय गरेका हुन् ।

यी देशहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई स्थिर बनाउन यी कदम चालेको बताउँछन्। यी देशका मन्त्रीहरुको भर्चुअल बैठकमा पनि सहमति भएको थियो । मन्त्रिपरिषद्मा साउदी अरब र रुसका मन्त्रीहरू पनि परेका थिए । पहिले यी देशहरूले २० लाख ब्यारेल कटौतीको घोषणा गर्न सक्ने बुझिए समाचार एजेन्सीहरुमा उल्लेख छ। तर, त्यसपछि दैनिक ११.५० लाख ब्यारेल कटौती गर्ने निर्णय भएको थियो ।

साउदी प्रेस एजेन्सीको ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा साउदी अरबको ऊर्जा मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको अस्थिरतालाई नियन्त्रण गर्न सन् २०२३ को मेदेखि वर्षको अन्त्यसम्म कच्चा तेलको उत्पादनमा कटौती गरिने जनाएको छ । बजारमा दैनिक पाँच लाख ब्यारेलको कटौती हुनेछ ।

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन आधा मिलियन ब्यारेलले उत्पादन कटौती गरिरहने बताएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सले आफ्नो उत्पादन दैनिक १ लाख ४४ हजार ब्यारेलले घटाउने बताएको छ ।

ओमानले दैनिक ४० हजार ब्यारेल कटौती गर्ने घोषणा गरेको छ । बैंकिङ संकटपछि तेलको मूल्यमा आएको गिरावटलाई रोक्न साउदी अरेबियालगायत ओपेक प्लस राष्ट्रले आफ्नो तर्फबाट दैनिक ५० लाख ब्यारेल कच्चा तेलको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।