image
image

ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो?

काठमाडौँ, २०, चैत्त । सुन चाँदीको मूल्य सोमवार केही घटेको छ। बढ्न थालेको मूल्यमा ब्रेक लाग्दै सुन तोलामा ६ सय र चाँदी तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन ६ सय घट्दा प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। सोमवार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ भएको छ। तोलामा १० रुपैयाँले बढ्दा आइतवार भाउ १४ सय १० रुपैयाँ पुगेको थियो।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव भइरहँदा बजारमा कारोबारमा मन्दी रहेको महासंघले जनाएको छ। सुनको स्टक पर्याप्त भए पनि बजारमूल्य वृद्धिका कारण माग घट्दो छ।

अन्तर्राष्ट्रिय बजारमा सोमवार सुनको मूल्य घट्दै प्रतिऔंस १९५२.१८ डलरमा आइपुगेको छ। आइतवार १९६९.४६ डलरले कारोबार भएको थियो। चाँदी पनि प्रतिऔंस २४.१ डलरबाट घटेर सोमवार २३.६३ डलरमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।