image
image

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ, २०, चैत्त । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

पछिल्लो समय लगानीकर्ताहरु निरुत्साहीत बन्दा शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले पुँजीबजार सुधारका निमित्त नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतलाई ८९ बुँदे सुझाव समेत पेश गरेका छन् ।

आज नेप्सेमा सूचीकृत २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से इन्डेक्स सँगै कारोबार रकम समेत घट्दै गइरहेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ब्यापार इन्डेक्स १.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै घट्न पुगेको छ । सर्वाधिक हाइड्रोपावर उपसूचक १.३० प्रतिशतले घट्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।