image
image

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, २१, चैत्त । घट्न थालेको सुनको मूल्य साताको तेस्रो दिन फेरि बढेको छ। अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँको बढोत्तरीपछि मंगलवार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिनको तुलनामा ६ सय घट्दा सोमवार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो। यसअघि गत शुक्रवारका तुलनामा ६ सय घटेर आइतवारको मूल्य निर्धारण भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। मंगलवार चाँदी प्रतितोला १४ सय रुपैयाँ छ। सोमवार तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा स्थानीय बजारमा कारोबारमा मन्दी छ। मंगलवार कारोबार मूल्यमा बढोत्तरीपछि सुन प्रतिऔंस १९८०.५ डलर पुगेको छ। साताको सुरुवातमा गत आइतवार १९६९.४६ डलर थियो भने सोमवार प्रतिऔंस १९५२.१८ डलरमा आइपुगेको थियो।

चाँदी मं‌गलवार प्रतिऔंस २३.९१ डलरमा कारोबार भइरहेको छ। सोमवार प्रतिऔंस २३.६३ डलर थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।