image
image

लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम ९१ करोड ७६ लाख

काठमाडौँ, २१, चैत्त । सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । मंगलबार ५.२० अंकले घटेको सेयर बजार १८६६.६८ विन्दुमा झरेको छ । कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।

मंगलबार २६४ धितोपत्रको २३ हजार १७० वटा कारोबारबाट २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार उपसूचकहरुमा मिश्रित नतिजा देखिएको छ । बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ ।

मंगलबार कालिञ्चोक दर्शन प्रालिको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २५७.८० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको मूल्य ८.९३ प्रतिशतले बढेको छ । प्रभु बैंक डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घटेको छ । शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्यारेन्सससहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।