image
image

२० दिनमा २३ सय ३७ जनाले राखे श्रमाधानमा वैदेशिक रोजगारीका समस्या

काठमाडौँ, २१, चैत्त । श्रमिकको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न सरकारले सञ्चालन गरिरहेको कल सेन्टर श्रमाधानमा चैत महिनाको २० दिनमा २३ सय ३७ जनाले वैदेशिक रोजगारी सम्बन्धी गुनासो राखेका छन् ।

वैदेशिक रोजगारीको प्रक्रियामा रहेका र वैदेशिक रोजगारीमा गइसकेकाहरूले फोन, ह्वाट्सएप, भाइवर लगायतका माध्यमबाट यी गुनासो राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

म्यानपावरबाट ठगी भएको भन्दै १२ जनाले, विभिन्न व्यक्तिले आफूलाई ठगेको भन्दै १२ जनाले, विदेशमा भनेजस्तो काम र सेवा सुविधा नपाएको भन्दै १८ जनाले, विदेशमा गएर काम नपाएको भनेर ११ जनाले श्रमाधानमा समस्या राखेका छन् । 

यस्तै वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका ७७ परिवारले वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता सम्बन्धमा जान्न र आवेदन दिनका लागि श्रमाधानमा सम्पर्क गरेका छन् भने विदेशमा बिरामी, अङ्गभङ्ग भएर फर्किएका ६९ जनाले बोर्डका आर्थिक सहायताका लागि सम्पर्क र समन्वय गरिदिन भनेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित गुनासो, सुझाव र प्रक्रिया सुन्नका लागि कल सेन्टर श्रमाधान सञ्चालन गर्दै आएको छ ।

कल सेन्टरमा फोन गरेर वैदेशिक रोजगारी, स्वदेशको रोजगारी र श्रम रोजगारका विषयमा सोधपुछ गर्न सकिन्छ भने वैदेशिक रोजगारीको क्रममा आफूलाई परेको समस्या पनि राख्न सकिन्छ ।

श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने ९८०१८०००१३ नम्बरमा भाइवर र इमो उपलब्ध छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।