image
image

बुधबार ८.३९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २२, चैत्त । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २६२ कम्पनीको २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
 

यस्तै बुधबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सानिमा ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त वित्तिय संस्था, समता घरेलु लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।